गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन « Khabarhub

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाले आज जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको सहिदपरिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, दुई पटक उपराष्ट्रपति पनि भएँ तर गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार कसरी हत्याउन सकिन्छ, भनेर प्रतिगामी शक्ति क्रमशः हाबी हुँदै गएको मैले देखेँ ।’’

नेपाली जनता संविधानले निर्दिष्ट गरेको बाटोमा अघि बढ्न चाहेको उने बताए । संविधानले समाजवादको परिकल्पना गरेकाले पूर्वउपराष्ट्रपति पुनले समाजवाद प्राप्तिपछि मात्र सहिदहरुको सपना सार्थक हुने उल्लेख गरे । जनताका आवश्यक एकैचोटी पूरा हुन नसक्ने भए पनि पार्टीहरुले निरन्तर जनताको पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १० : १२ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका