सर्वाधिक धनराशिको १३औँ भीमबहादुर तामाङ स्मृति कप वैतेश्वर मिर्गेमा सुरु  « Khabarhub

सर्वाधिक धनराशिको १३औँ भीमबहादुर तामाङ स्मृति कप वैतेश्वर मिर्गेमा सुरु 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेसका नेता स्व.भीमबहादुर तामाङको १३ औँ स्मृतिमा आयोजित सर्वाधिक पुरस्कार राशिको बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि दोलखाको वैतेश्वर गाउँपालिका-३ मिर्गे खेलमैदान सुरु भएको छ । 

 नेपाली कांग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश ‘क’ को आयोजनामा आयोजित प्रतियोगिताको नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले उद्घाटन गरेको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाहरूबाट नौ टिमले सहभागिता जनाएको छ ।

उद्घाटन सत्रको आजको पहिलो खेल सिन्धुली र रामेछापबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय नेता मोहन बस्नेत, नेपाली कांग्रेस दोलखाका पूर्व पार्टी सभापति ताराबहादुर कोइराला, कांग्रेस दोलखा पार्टी सभापति बर्मा लामा, उपसभापति छवि लामा, नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य पारस तामाङ, कांग्रेस नेत्री लेमु दहाल, नेता राजेश उप्रेती, वैतेश्वर-२ का वडा अध्यक्ष श्यामकुमार तामाङ, नेपाली कांग्रेस वैतेश्वर कार्यवाहक पार्टी सभापति मनिक तामाङ लगायतले खेल उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमशः ४ लाख, २ लाख, एक लाख र ५० हजार राखिएको छ । कार्यक्रम नेपाली कांग्रेस प्रदेश सभा ‘क’ दोलखा क्षेत्रीय पार्टी सभापति शुक्रराज तामाङको अध्यक्षयतामा सुरु भएको हो । -सुबास बस्नेत

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ३६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि