नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने, विश्वभरका वैज्ञानिक आउँदै  « Khabarhub

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने, विश्वभरका वैज्ञानिक आउँदै 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, जापानको राष्ट्रिय भौतिक विज्ञान संस्थान, अमृत साइन्स क्याम्पस र पुल्चोक क्याम्पसको सह-आयोजनामा बिहिवारदेखि सम्मेलन हुने भएको हो । ललितपुरको होटल हिमालयमा ३ दिन सम्म सचालन हुने सम्मेलनमा विश्वभरका ४० बढी ठूला वैज्ञानिकहरू आउने आयोजकले जनाएको छ । 

सम्मेलनको पूर्वसन्ध्यामा बुधवार होटल हिमालय, पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिहरूले सम्मेलबारे  विस्तृत जानकारी दिएका हुन् । सो अवसरमा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू नेपाल आउन सुरु भइसकेको जनाइएको थियो। नेपाल, जापान, अमेरिका, भारत, चीन, स्विजरल्याण्ड, अस्ट्रेलियालगायत एक दर्जनभन्दा बढी देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सम्मेलनमा सहभागी हुनेछन्।

कार्यक्रम संयोजक डा। प्रकाश चन्द्र लोहनीले सम्मेलनका विविध पक्षबारे जानकारी दिँदै विद्यार्थीहरूलाई प्रश्नको लागि फ्लोर खुला गरेका थिए। सहभागी विद्यार्थीहरूले विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न जिज्ञासाहरू राखेका थिए।

यस सम्मेलनमा ६ वटा विधामा आधारित रहेर ११४ वटा वैज्ञानिक प्रस्तुतीकरण गरिनेछ। प्रमुख विषयहरू क्वान्टम मेकानिक्स,ऊर्जा भण्डारण तथा रूपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनलगायत रहनेछन्।

बिहीबार बिहान ९ बजे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. दिलीप सुब्बाले सम्मेलनको औपचारिक उद्‌घाटन गर्नेछन्। त्यसपछि विभिन्न  टेक्निक शेसनहरू सञ्चालन हुनेछ।

डा. लोक कुमार श्रेष्ठले वैज्ञानिक अनुसन्धानमा आउने नयाँ पुस्ताले समाजमा परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै यस अवसरलाई भरपूर रूपमा उपयोग गर्न आग्रह गरे। साथै, उनले विभिन्न देशहरूका प्रविधिहरूको तुलनात्मक अध्ययनसम्बन्धी जानकारी पनि दिए ।

पत्रकार सम्मेलनमा सहभागीहरूले यस्तो कार्यक्रम गाउँ-गाउँमा पनि गर्नुपर्ने माग राखेका थिए। विज्ञान तथा प्रविधिको ज्ञान विस्तार गर्न देशभर यस्ता सम्मेलन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

यो सम्मेलनले नेपालका अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा आफूलाई प्रस्तुत गर्ने अवसर दिनेछ भने स्नातक, स्नातकोत्तर तथा एजम् विद्यार्थीहरूलाई अनुसन्धान तथा प्रविधि विकास क्षेत्रमा लाग्न थप प्रेरित गर्ने विश्वास गरिएको छ। कार्यक्रमको सञ्चालन डा। देवल प्रसाद भट्टराईले गरेका थिए।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : १४ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित