शहरीकरणको चुनौती सामना गर्दै व्यवस्थापन गर्न सरकार तयार छ : मन्त्री सिंह « Khabarhub

शहरीकरणको चुनौती सामना गर्दै व्यवस्थापन गर्न सरकार तयार छ : मन्त्री सिंह


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार शहरीकरणको चुनौती सामना गर्दै त्यसको व्यवस्थापन गर्न तयार रहेको बताएका छन् ।

नीति प्रतिष्ठानको आयोजनामा बुधबार ललितपुरमा आयोजित शहरी शासन र विकास सम्बन्धी कार्यक्रममा सम्बधोन गर्दै उनले सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले अहिले शहरी विकास मन्त्रालयको एजेन्डा आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु रहेको बताए ।

‘नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपी सरकार यो सबै चुनौतीहरुको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले शहरी विकास मन्त्रालयको मुख्य प्राथमिकता अर्थतन्त्रमा आधारित शहर निर्माण गर्नु रहेको पनस बताए।

‘जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ । यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ । यो योजना पूर्वाधार विकासको लागि मात्र होईन् स्थिर समुदाय विकास गर्नको लागि हो जहाँ सबैले जीवनको आवश्यकता पूरा गर्ने मौका पाउने छन् ,’ सिंहले भने ।

शहरीकरणको चुनौतीहरु सम्बोधन गर्नका लागी नै नेपालको राष्ट्रिय शहरी नीति २०२४ आएको पनि बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : ०१ बजे

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो