छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार भट्टराईको आफ्नै घरबाट ३०० मिटर पूर्वतर्फ बारीमा रहेको साँजको घाँस काटिरहेका बेला अचानक रुखबाट खसेर मृत्यु हो ।

प्रनाउ मल्लका अनुसार भट्टराई रुखबाट खसेको स्थानीयले जानकारी गराएलगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा मृत्यु भएको पाइएको छ ।

बिहानै घरबाट घाँस काट्न निस्किएका भट्टराई अबेरसम्म घर नआएपछि परिवार र छिमेकीले खोजी गर्दा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण तिमिल्सेनाले जानकारी दिए । अहिले उनको शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै माछा मार्ने क्रममा ढुङ्गाले च्यापिएर तिनाउ गाउँपालिका–५ चर्चरका लालबहादुर रास्कोटीका १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा आज दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। कालीमाटीस्थित डुम्रे खोलामा माछा मार्न गएका रास्कोटीलाई ढुङ्गाले च्यापेको थियो ।

प्रहरी चौकी प्रभासबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकामा उपचारको क्रममा मृत्यु भएको मल्लले बताए । दुई वटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १० : ३४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु