३ मोटरसाइकलसहित भन्सार छलीको समान बरामद « Khabarhub

३ मोटरसाइकलसहित भन्सार छलीको समान बरामद


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

रौतहट–जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाइकल र ४ साइकलसहित लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

सीमावर्ती भारतीय बजारबाट खरिद गरी भित्र्याइँदै गरेको तीन लाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स सहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसाद ले न्युज कारखाना लाई बताएका छन्।

बरामद सामान सहित सवारी साधन आवश्यक कारवाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालित तस्करी नियन्त्रण अभियानले जिल्लामा अवैध सामानको संस्थागत तस्करी भएको देखिन्छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  २ : ११ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा