मिथिलाका महिलाले मनाए वट सावित्री पूजा (तस्बिरहरू) « Khabarhub

मिथिलाका महिलाले मनाए वट सावित्री पूजा (तस्बिरहरू)


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिथिलाञ्चलका महिलाहरूले वट सावित्री (बरसाइत) पर्व निष्ठाका साथ मनाएका छन् । जेठ महिनाको अमावस्या तिथिका दिन मैथिल महिलाहरूले व्रत बसेर वरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन् । 

संस्कृतिको धनी रहेको मिथिला क्षेत्रमा महिलाहरू वट सावित्रीको व्रत बस्ने अनिवार्य वरको रुखको पूजा गर्ने गर्दछन् । मान्यताअनुसार यस दिन सधवा महिलाहरूले आफ्नो दीर्घ सौभाग्यको कामना गर्दै व्रत बस्ने गर्छन् ।

शास्त्रअनुसार वरको रुखमा त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेशको वास हुन्छ । वटवृक्षको जरामा ब्रह्मा, बीचको खाँबोमा विष्णु र लहरा तथा पातमा महादेवको वास हुन्छ भने तलतिर लत्रेको शाखाहरूमा सावित्रीको बास हुने बताइएको छ।

शास्त्रअनुसार अमावस्या तिथिको दिन पर्ने वट सावित्रीको पूजामा मिथिलाका महिलाहरूले माता सावित्रीको पति परायणता देखेर यमराजले समेत उनका पति सत्यवान्लाई आयुको वरदान र जीवनदान दिएको स्मरण गर्दै व्रत बस्ने र पूजा गर्ने परम्परा रहेको छ । मिथिला क्षेत्रमा वटवृक्षको पूजा गर्नाले श्रीमानलाई लामो आयुको वरदान प्राप्त हुन्छ भन्ने मान्यता विद्यमान रहेको छ।

 
मिथिला क्षेत्रबाट राजधानी आएका महिलाहरूले आज आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै नजिकैको बरको रुखमा विधिवत् रूपमा पूजा गरेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ४ : १६ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा