मिथिलाका महिलाले मनाए वट सावित्री पूजा (तस्बिरहरू) « Khabarhub

मिथिलाका महिलाले मनाए वट सावित्री पूजा (तस्बिरहरू)


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिथिलाञ्चलका महिलाहरूले वट सावित्री (बरसाइत) पर्व निष्ठाका साथ मनाएका छन् । जेठ महिनाको अमावस्या तिथिका दिन मैथिल महिलाहरूले व्रत बसेर वरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन् । 

संस्कृतिको धनी रहेको मिथिला क्षेत्रमा महिलाहरू वट सावित्रीको व्रत बस्ने अनिवार्य वरको रुखको पूजा गर्ने गर्दछन् । मान्यताअनुसार यस दिन सधवा महिलाहरूले आफ्नो दीर्घ सौभाग्यको कामना गर्दै व्रत बस्ने गर्छन् ।

शास्त्रअनुसार वरको रुखमा त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेशको वास हुन्छ । वटवृक्षको जरामा ब्रह्मा, बीचको खाँबोमा विष्णु र लहरा तथा पातमा महादेवको वास हुन्छ भने तलतिर लत्रेको शाखाहरूमा सावित्रीको बास हुने बताइएको छ।

शास्त्रअनुसार अमावस्या तिथिको दिन पर्ने वट सावित्रीको पूजामा मिथिलाका महिलाहरूले माता सावित्रीको पति परायणता देखेर यमराजले समेत उनका पति सत्यवान्लाई आयुको वरदान र जीवनदान दिएको स्मरण गर्दै व्रत बस्ने र पूजा गर्ने परम्परा रहेको छ । मिथिला क्षेत्रमा वटवृक्षको पूजा गर्नाले श्रीमानलाई लामो आयुको वरदान प्राप्त हुन्छ भन्ने मान्यता विद्यमान रहेको छ।

 
मिथिला क्षेत्रबाट राजधानी आएका महिलाहरूले आज आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै नजिकैको बरको रुखमा विधिवत् रूपमा पूजा गरेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ४ : १६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई