निकिताको गुनासो- सर्वोच्चले पनि अन्याय गर्‍यो, अब न्याय माग्न कहाँ जाऊँ ? « Khabarhub

निकिताको गुनासो- सर्वोच्चले पनि अन्याय गर्‍यो, अब न्याय माग्न कहाँ जाऊँ ?


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई सर्वोच्च अदालतले अमानवीय व्यवहार गरेको गुनासो गरेकी छन् ।

पति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई सर्वोच्च अदालतले गत शुक्रबार थुनामै राखिरहन आदेश दिएको सन्दर्भमा उनले यस्तो बताएकी हुन् । उक्त दिन आउने भएपछि सर्वोच्च अदालत पुगेकी पौडेलले आफूलाई अदालतबाट मानवीय व्यवहार नभएको गुनासो गरेकी छन् ।

’अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश, झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ,’ उनले सामाजिक सञ्जालमा भनेकी छन् ।

उनले शुक्रबार दिउँसो २ बजे नै बहस सकिए पनि आदेशका लागि घण्टौँ कुरेको पनि बताएकी छन् । ‘दिउँसो करिब २ बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउता गरिरहेँ । केहीपछि सह-रजिष्ट्रार (प्रवक्ता) को कार्यकक्षमा बस्न भनियो’, उनले भनेकी छन्, ‘त्यहाँ केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै ७ घण्टा बित्यो। ‘एकैछिन है…’ भनेर कार्यकक्षबाट हिँडेका प्रवक्ता पनि फर्किएनन्। आदेश ल्याएर सुनाउनुपर्ने मान्छे नै हराए ।’

निकिताले भोलिपल्ट (शनिबार) भैरहवा नै गएको कुरा फेसबुकमा लेखेकी छन्। उनले त्यसलाई जिन्दगीकै कठिन दिनका रुपमा चित्रित गरेकी छन् ।

‘अन्यायको शिकार भएकी म कसरी तंग्रिएर हिँडे होला । कसरी उहाँको अगाडि पुगेँ, थाहा छैन’, उनले भनेकी छन्, ‘सायद जिउँदो लास भएर हिँडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो । त्यही साँझ काठमाडौं फर्किएँ ।‘

निकिताले केही प्रमाण नभेटिँदा पनि आफ्नो श्रीमान्‌लाई थुनामा राखिएको तर्क गरेकी छन्। ‘गैरकानुनी पक्राउबारे परेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले एक शब्द बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ? गणतान्त्रिक राज्यमासमेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग ?’, उनले भनेकी छन् ।

गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेका दुईवटा र छविलाल जोशीको एउटा निवेदनमा आदेश दिएको थियो । निकिता श्रीमान् छुट्ने आशमा सर्वोच्च पुगेकी थिइन् । तर सर्वोच्चले गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलाई सदर गर्दै लामिछानेलाई थुनामै राख्नुपर्ने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ४ : ५८ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२