कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो योगदान बागमतीको, वृद्धिदर गण्डकीको « Khabarhub

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो योगदान बागमतीको, वृद्धिदर गण्डकीको


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत हिसाबले सबैभन्दा धेरै योगदान बागमती प्रदेशको हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 

कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष ०८१-८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रेस नोट अनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको ३६.५२ प्रतिशत योगदान रहने भएको हो । कार्यालयले चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ६१ खर्ब सात अर्ब हुने प्रारम्भिक अनुमान गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कोशीले १५.९०, लुम्बिनीले १४.२३, मधेशले १३.१६, गण्डकीले ८.९८, सुदूरपश्चिमले ७.०३ र कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान गर्ने कार्यालयको प्रारम्भिक अनुमान छ । साथै, चालु आर्थिक वर्षमा गण्डकीको प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरेको छ ।

कार्यालयको प्रेस नोटअनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको सबैभन्दा धेरै ५.५१ र दोस्रोमा बागमतीको ५.१८, कर्णालीको ४.७४, लुम्बिनीको ४.७०, मधेशको ४.५० र कोशी प्रदेशको ३.३४ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

त्यस्तै, सो अवधिमा सुदूरपश्चिमको सबैभन्दा थोरै ३.३२ प्रतिशत मात्रै योगदान हुने प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ५ : ४२ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर