विष्णुमतीले बगाएको कारबाट एक महिलाको उद्धार « Khabarhub

विष्णुमतीले बगाएको कारबाट एक महिलाको उद्धार


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको छ । 

गएराति १० बजेतिर काठमाडौंको टोखा नगरपालिका– ६ ग्रान्डी अस्पताल नजिकै रहेको विष्णुमती नदीमा कारसँगै बगेकी दाङ तुलसीपुरकी भावना ओलीलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विष्णुमतीमा कार खसेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ पुगेको प्रहरीले बानियाटार पुलमा अड्किएको अवस्थामा कार फेला पारेको थियो ।

अर्को कारलाई साइड दिने क्रममा सो कार माटोमा भासिएर विष्णुमतीमा खसेको प्रहरीले जनाएको छ ।

उक्त कार काठमाडौंको धुम्बाराही बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ का अंकुश सिंहले चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

चालक बोहरा भने कार नदीमा खस्दै गर्दा किनारमा हामफालेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ०७ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको