एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण « Khabarhub

एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८ ट्युबवेल निर्माण गरेको छ । त्यसले एक हजारभन्दा बढी बिघा जमिनमा थप सिँचाइ हुने भएको हो ।
 
कार्यालय प्रमुख विश्वबन्धु केसीका अनुसार चालु आर्थिक वर्षमा चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी यो ट्युबवेल निर्माण गरिएको हो । नवलपरासीमा १७ ट्युबवेल निर्माण गरिएको छ । गैँडाकोटमा पाँच, देवचुलीमा एउटा, कावासोतीमा चार, मध्यबिन्दु नगरपालिकामा तीन र विनयी त्रिवेणी गाउँपालिकामा चार ट्युबवेल निर्माण गरिएको छ ।
 
यस्तै, चितवनमा भरतपुर महानगरपालिकामा १५, माडी नगरपालिकामा पाँच, रत्ननगर नगरपालिकामा दुई, कालिका नगरपालिकामा एउटा र राप्ती नगरपालिकामा पाँच गरी २८ ट्युबवेल निर्माण गरिएको उनले जानकारी दिए ।
 
मकवानपुरको हेटौँडा नगरपालिकामा एउटा र बागमती गाउँपालिकामा एउटा ट्युबवेल निर्माण गरिएको छ । बकैया गाउँपालिकामा एउटा लिफ्ट गरी मकवानपुरमा तीन लिफ्ट एवं ट्युबवेल निर्माण गरिएको केसीले जानकारी दिए।
 
विसं २०७६ मा भरतपुरमा स्थापना भएको यस कार्यालयले विसं २०७७ बाट चितवनमा ट्युबवेल निर्माण थालिएको हो । केसीका अनुसार हालसम्म चितवनमा १०० हाराहारी ट्युबवेल निर्माण गरिसकिएका छन् । आव २०७९-८० बाट मकवानपुरमा र २०८०-८१ बाट नवलपरासीमा ट्युबवेल निर्माण थालिएको हो ।
 
उनका अनुसार एउटा ट्युबवेल निर्माण गर्न ठाउँअनुसार ६५ लाख हाराहारी खर्च हुने गर्दछ । चालु आर्थिक वर्षमा ट्युबवेल, लिफ्ट निर्माण र मर्मतका लागि  ३७ करोड बजेट विनियोजन भएको थियो । त्यसबाट ट्युबवेल खन्ने, मोटर जडान गर्ने, विद्युतीकरण, पम्प घर निर्माण, वितरण प्रणाली निर्माण (भूमिगत पाइपलाइन विस्तार) गरिएको हो । यस आर्थिक वर्षमा एक करोड मर्मतका लागि बजेट निकासा भई खर्च गरिएको उनले जानकारी दिए ।

ठाउँअनुसार एउटा ट्युबवेलले ६० बिघासम्म सिँचाइ हुने गरेको छ । कतिपय ठाउँमा थोरै क्षेत्रफलमा मात्रै सिँचाइ हुने गरेको छ । यस वर्ष जडान गरिएका ट्युबवेलबाट एक हजार बिघा हाराहारी थप सिँचाइ पुगेको केसीले बताए।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  २ : ०५ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य