कोशी प्रदेशसभाबाट अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित « Khabarhub

कोशी प्रदेशसभाबाट अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पेस गरेको उक्त प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेसँगै बैठकले सर्वसम्मतिले पारित गरेपछि छलफल सुरु भएको थियो । 

छलफलमा कोशी प्रदेशसभाका सांसदद्वय तिलचन पाठक र इस्राइल मन्सुरीले प्रदेश सरकारले प्रदेशलाई समृद्धि एवं विकास गर्न अर्थ संकलन सम्बन्धमा ल्याएको प्रस्तावको पूर्णरूपमा समर्थन रहेको बताए। 

बैठकको शून्य समयमा सांसद खड्गबहादुर बस्नेतले आफूले सरकारलाई पेस गरेको सुझावसहितको योजना रातो किताबमा समावेश भएकामा धन्यवाद दिँदै छुटेका योजना समावेश गरी सहयोग गरिदिन आग्रह गरे। 

सांसद मीना श्रेष्ठले वर्षात्को समयमा सुनसरीको इटहरी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा पर्ने गरेकाले यसको समाधानमा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखे । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  २ : ४० बजे

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले