इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता « Khabarhub

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।

जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो ।

इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्व २३ जुन २०२५ का दिन दुवै पक्षबीच युद्धविराम भएपश्चात् शान्तिसुरक्षाको स्थिति सहज हुँदै गएकाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने सबैलाई सरकारले धन्यवाद दिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : ४८ बजे

रास्वपाको महाधिवेशनमा सहभागी भएनन् अमरेशकुमार सिंह

काठमाडौं- प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह चितवनमा आइतबारदेखि सुरू

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको