पारावत महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण « Khabarhub

पारावत महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीन वटा प्राचीन सम्पदा (कलाकृति) शनिबार पुनः स्थापनका लागि इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ । 

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले महाविहार संरक्षण समाजलाई ती प्राचीन कलाकृति हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण अघि सङ्ग्रहालय प्रमुख नकर्मी र समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य, सचिव रत्नसम्भव शाक्य र काठमाडौँ महानगरपालिका–२४ का सदस्य रत्नाकर बज्राचार्यले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए 

यसरी फिर्ता गरिएका कलाकृति (थाङ्का)मा ३०० वर्ष पुरानो चिन्तामणि लोकेश्वर, ५७५ वर्ष पुरानो गगनसिंह भारोया र उनकी पत्नी सहितको थाङ्का (पौभा) र ३२१ वर्ष पुरानो केशचन्द्रसहितको भैरव रहेका छन् । यो कलाकृति २०३७ साल भदौ २९ गते चोरी भएको थियो । चोरिएको कलाकृति अमेरिका पुर्‍याइएको पत्ता लागेपछि आवश्यक समन्वय गरी फिर्ता ल्याइएको हो ।  

उक्त कलाकृति ४५ वर्षपछि गत फागुन १९ गते नेपाल ल्याएर राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो । आज सोही कलाकृति उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरिएको हो । विसं २०३७ अघिसम्म गुँलापर्वका बेला १५ दिनसम्म यस महाविहारमा उक्त कलाकृति प्रदर्शन गरिन्थ्यो । 

अमेरिकाको नेवाः गुठीका अध्यक्ष विजयमान सिंह तथा पुरातत्व विभागसँगको समन्वयमा उक्त पौभा चित्र फिर्ता ल्याइएको जनाइएको छ ।  कलाप्रेमी स्टेफन एककार्डले सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा यी पौभाः प्रदर्शनीमा राखेको देखेपछि उनले नै यहाँ जानकारी दिएका थिए । सोही आधारमा ती पौभाः चोरी भएर सिकागो पुगेको सन् २००३ मा पुष्टि भएकामा  दुई दशक लामो प्रयासबाट नेपाल फिर्ता ल्याउन सफल भइएको सङ्ग्रहालयले जनाएको छ । 

कलाकृति हस्तान्तरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालका प्राचीन कलाकृति फिर्ता ल्याउन प्रयास गर्ने सबैलाई धन्यवाद दिँदै अब तिनको संरक्षणमा ध्यान दिन आग्रह गरे । बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले तीनै तहका सरकार सम्पदा संरक्षणमा लाग्नुपर्नेमा जोड दिँदै यस्ता सम्पदाले भावी पुस्तालाई इतिहास बुझाउन सहयोग पुग्ने धारणा राखे । 

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले अभियन्ता विजय सिंहलगायतका सहयोगमा सम्पदा फर्काउन सफल भएकामा खुसी व्यक्त गर्दै तिनको संरक्षणमा महानगरबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाइन् । 

संरक्षण समाजका अध्यक्ष शाक्यले महाविहारमा आफ्नै सङ्ग्रहालय स्थापना गरी प्राकृतिक कलाकृति सुरक्षित राख्ने व्यवस्था मिलाइएको जानकारी दिए ।  उनले पटक पटकको प्रयासमा कलाकृति फिर्ता ल्याउन सफल भएको र आज पुरानै ठाउँमा पुनःस्थापना गर्न पाउँदा गर्व महसुस भएको बताए । 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : ०९ बजे

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन

बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध