‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’ « Khabarhub

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन् । 

तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले दलगत आस्थाभन्दा माथि उठेर तनहुँको विकासमा लाग्नुपर्ने बताइन् । मन्त्री न्यौपानेले विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर हातेमालो गर्न सबैलाई आग्रह गरिन् । 

उनले उद्योग व्यवसायमार्फत देश विकासमा लागिरहेका सम्पूर्ण व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरिन् ।

‘समाज परिवर्तनका लागि लागिरहेका उद्योगी व्यवसायीका समस्या समाधानबारे म पनि जानकार छु । निजी क्षेत्र विकासको मुख्य संवाहक भएकाले यहाँहरूका समस्या समाधानमा सरकार प्रतिबद्ध छ र मेरो तर्फबाट आवश्यक सहजीकरण गर्न म सधैँ तयार छु’, मन्त्री न्यौपानेले भनिन् । 

कार्यक्रममा सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायमा अनेक किसिमका समस्या आउँदा आफूहरू मर्कामा परेको बताए । सङ्घका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले व्यावसायिक वातावरण राम्रो बनाए मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै यसमा ध्यान दिन आग्रह गरे ।  
 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : २६ बजे

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही