भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता | Khabarhub Khabarhub

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्।

उपराष्ट्रपति सुआनलाई सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरे।

उक्त अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए। यस्तै, उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिइन्।

भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार शिष्टाचार भेटवार्ता गरेकी थिइन। यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गरिन्।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यसवर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : ०४ बजे

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ

भारत र चीनको लिपुलेक सम्झौता स्वीकार्य हुँदैन : रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत र चीनले नेपाली

एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा

एजेन्सी – अमेरिकी उद्योगपति तथा संसारकै धनाढ्य एलन मस्कले विश्वविख्यात

प्रि-ओपन सेसन आपडेट : नेप्से ३ अंकले बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न