गृहमन्त्रीले भने- राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्छु « Khabarhub

गृहमन्त्रीले भने- राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्छु

अपराध अनुसन्धानमा अब ब्रेक थ्रू हुने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दबाबका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउँदै सबै फाइल खोल्ने बताएका हुन् ।

उनले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने जिकिर गरे । सुशासनका दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बिचैमा भङ्ग भएकाले अव सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उनले बताए । शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नै पर्ने उनको भनाइ छ ।   

गृहमन्त्री अर्यालले आफ्नो व्यवसायीकता प्रदर्शन गरेर प्रभावकारी रूपमा अनुसन्धानको कामलाई अघि बढाउन निर्देशन दिएको जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ४१ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद