दशैँ लक्षित गरेर पौवादुङमामा वडास्तरबाट भत्ता वितरण « Khabarhub

दशैँ लक्षित गरेर पौवादुङमामा वडास्तरबाट भत्ता वितरण


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– दशैँलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । स्थानीयको सहजताको लागि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।

चाडवाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचानात्मक काम गरिरहेको उनले बताए । 

‘यहाँका ज्येष्ठ तथा अशक्त नागरिकलाई लक्षित गरेर सेवा दिइरहेका छौँ’, अध्यक्ष राईले भने, ‘हेर्दा सामान्य जस्तो देखिए पनि यसले जनतालाई ठूलो लाभ पुगेको छ, च्याङ्ग्रेमा रहेको बैंकसम्म भत्ता लिन आउँदा स्थानीयलाई समस्या छ, घरपायकमा सेवा दिने हाम्रो लक्ष्य हो ।’

स्थानीयलाई लक्षित गरेर घुम्ती शिविरमार्फत सेवा प्रवाह भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । वडास्तरबाट नै पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको उनको भनाइ छ ।
 
असोज १२ गतेसम्म सबै छ वटै वडामा भत्ता वितरण सम्पन्न हुनेछ । अभियान यही असोज ९ गतेबाट वितरण सुरु गरिएको हो । पौवादुङमाका एक हजार ६३९ नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।  रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : ३० बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- दललाई दोषी देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय