दशैँ लक्षित गरेर पौवादुङमामा वडास्तरबाट भत्ता वितरण « Khabarhub

दशैँ लक्षित गरेर पौवादुङमामा वडास्तरबाट भत्ता वितरण


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– दशैँलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । स्थानीयको सहजताको लागि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।

चाडवाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचानात्मक काम गरिरहेको उनले बताए । 

‘यहाँका ज्येष्ठ तथा अशक्त नागरिकलाई लक्षित गरेर सेवा दिइरहेका छौँ’, अध्यक्ष राईले भने, ‘हेर्दा सामान्य जस्तो देखिए पनि यसले जनतालाई ठूलो लाभ पुगेको छ, च्याङ्ग्रेमा रहेको बैंकसम्म भत्ता लिन आउँदा स्थानीयलाई समस्या छ, घरपायकमा सेवा दिने हाम्रो लक्ष्य हो ।’

स्थानीयलाई लक्षित गरेर घुम्ती शिविरमार्फत सेवा प्रवाह भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । वडास्तरबाट नै पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको उनको भनाइ छ ।
 
असोज १२ गतेसम्म सबै छ वटै वडामा भत्ता वितरण सम्पन्न हुनेछ । अभियान यही असोज ९ गतेबाट वितरण सुरु गरिएको हो । पौवादुङमाका एक हजार ६३९ नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।  रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : ३० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा