धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु  « Khabarhub

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– धनुषामा शुक्रबार तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् । 

जनकनन्दिनी गाउँपालिका-५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । 

उनका अनुसार कमला नगरपालिका-२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । 

सो दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राहुलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए । 

उनका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : ४३ बजे

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।