माओवादीसँग एकताका लागि समाजवादीले बनायो वार्ता टोली « Khabarhub

माओवादीसँग एकताका लागि समाजवादीले बनायो वार्ता टोली


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न नेकपा (एकीकृत समाजवादी) ले वार्ता टोली गठन गरेको छ । समाजवादीले वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

‘वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता डा.बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता कमरेड प्रमेश हमाल र उपाध्यक्ष कमरेड प्रकाश ज्वाला सदस्य रहनु भएको वार्ता टोली गठन गरिएको छ। वार्ता टोलीले निम्न सैद्धान्तिक आधारमा वार्ता गर्नेछ,’ पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा भनिएको छ ।

अपानिमा पार्टी एकताका सैद्धान्तिक आधार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पूँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने उल्लेख छ ।

यता माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाबीच एकीकरण र ध्रवीकरणको प्रयास भइरहेको जानकारी गराएका थिए ।

अहिले समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ०६ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।