माओवादीसँग एकताका लागि समाजवादीले बनायो वार्ता टोली « Khabarhub

माओवादीसँग एकताका लागि समाजवादीले बनायो वार्ता टोली


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न नेकपा (एकीकृत समाजवादी) ले वार्ता टोली गठन गरेको छ । समाजवादीले वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

‘वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता डा.बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता कमरेड प्रमेश हमाल र उपाध्यक्ष कमरेड प्रकाश ज्वाला सदस्य रहनु भएको वार्ता टोली गठन गरिएको छ। वार्ता टोलीले निम्न सैद्धान्तिक आधारमा वार्ता गर्नेछ,’ पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा भनिएको छ ।

अपानिमा पार्टी एकताका सैद्धान्तिक आधार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पूँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने उल्लेख छ ।

यता माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाबीच एकीकरण र ध्रवीकरणको प्रयास भइरहेको जानकारी गराएका थिए ।

अहिले समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ०६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक