माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ? « Khabarhub

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनकी छोरी गंगा दाहालको विलाशी जीवनबारे प्रश्न उठाइएको छ।

केन्द्रीय सदस्य लक्ष्मण पन्तले बैठकमा बोल्ने क्रममा प्रचण्डको महँगो घडी र गंगाको विलाशी ब्यागसहित राजर्षि जीवनबारे प्रश्न उठाएका हुन् ।

सार्क इन्चार्जसमेत रहेका उनले अध्यक्ष प्रचण्डको ६४ लाखको रोलेक्स घडी र गंगाको २८ लाखको लुउ भाइटन ब्यागको आम्दानीको स्रोतबारे प्रश्न गरेका हुन् ।

पन्तले बैठकमा अब पहिले पार्टीमै भ्रष्टाचारविरुद्धको संघर्ष चाहिएको बताएका छन् । उनले यसरी प्रचण्ड र गंगाबारे कुरा उठाउने कांग्रेस नेता एवम् नोबेल अस्पतालका मालिक सुनील शर्मालाई कारबाही गर्न पनि आग्रह गरे । झूटो भए शर्माविरुद्ध मुद्दा चलाउनुपर्ने उनले बतए ।

उनले प्रचण्ड र गंगालाई यदि ती सामान उपहारमा आएका भए पनि पार्टी कोषमा जम्मा हुनुपर्ने बताए । हाल जेलमा रहेकमा पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले सरकारमा हुँदा महँगा उपहार बेचेर निजी फाइदामा उपयोग गरेको कुरा पनि प्रचण्डलाई उनले सम्झाए।

उनले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने पनि माग गरेका छन् । त्यसैगरी प्रचण्डनिकट भनिएका व्यवसायी अजय सुमार्गीको ‘हेलो नेपाल’ बाट देशलाई २० घाटा भएको जिकिर पनि गरे । उता उनले माओवादी लडाकुको २ अर्ब ८२ करोडको हिसाब पनि खोजे । उनले निरन्तर सरकारमा गएका नेताहरूको सम्पत्ति पनि खोज्नुपर्ने बताए ।

पन्तले प्रचण्ड र गंगाको जीवनशैलीको वैधानिकता र स्रोत स्पष्ट गर्न माग गर्दै छानबिन तथा आवश्यक परे मुद्दा हाल्न पनि चुनौती दिए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : २० बजे

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत