अर्थसंक्षेप : तीन महिनामा करिब चार खर्बको व्यापार घाटा, १९ प्रतिशतले बढ्यो आयात र ५.१९ अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : तीन महिनामा करिब चार खर्बको व्यापार घाटा, १९ प्रतिशतले बढ्यो आयात र ५.१९ अंकले बढ्यो नेप्से


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

५.१९ अंकले बढ्यो नेप्से

तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वृद्धि भएको छ ।

आज नेप्सेमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँको सेयर कारोबार हुँदा ५.१९ अंकले नेप्से बढेर २५०९.०४ अंकमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने ९८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको सेयर मूल्य भने आइतबार स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९को को बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने तारागाउँ रिजेन्सी होटेलको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी

१९ प्रतिशतले बढ्यो आयात, आयात निर्यातमा सोयाबिन तेल अगाडि

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अघिल्लो आर्थिक वर्षका सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले आयात बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ३ खर्ब ९० करोड ७५ लाख २३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्म नेपालबाट ३८ अर्ब ३७ लाख ८७ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो ।

तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८१–८२ को सोही अवधिमा एक अर्ब सात करोड २२ लाखबराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१–८२ को सोही अवधिमा एक अर्ब ७१ करोड ४० लाख ३१ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : ०८ बजे

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे