नवनियुक्त खेलकुदमन्त्री गुप्तामाथि शोभा पाठकको यस्तो आरोप « Khabarhub

नवनियुक्त खेलकुदमन्त्री गुप्तामाथि शोभा पाठकको यस्तो आरोप


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार (आज) युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि शोभा पाठकले विभिन्न आरोप लगाएकी छन्।

उनले नेकपा एमालेका नेता महेश बस्नेतसँग मिलेर मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्दा हाल्न गुप्ताले पटकपटक धम्की दिएको आरोप लगाएकी हुन्।

पाठक र बस्नेत जोडिएर विभिन्न कुराहरू सार्वजनिक भएका थिए। उनीहरुको यस विषय अदालतसमेत पुगिसकेको थियो।

‘जुन बेला हाम्रो त्यो बेड (बस्नेत र पाठक)को फोटो बाहिर निस्केको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच ‘वार कि पार’को अवस्था थियो। म त्यतिबेला निकै मानसिक तनावमा थिएँ,’ उनले भनेकी छन्, ‘त्यसबेला दुर्गा प्रसाईंमाथि मुद्दा हाल्ने कुरा आयो तर म त्यसमा सहमत हुन सकिनँ।’

उनले आफूले व्यक्तिगतरुपमा गुप्तालाई नचिने पनि बस्नेतसँगै भेटेको बताइन्। ‘दुर्गा प्रसाईंलाई मुद्दा नहाल्ने निर्णयपछि महेश बस्नेत लगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लगे। त्यहाँ बब्लु गुप्ता पनि थिए। म त्यतिबेला उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँथें,’ उनको आरोप छ, ‘त्यही घरमा मलाई धम्की दिइयो– यो कुरा भन, नत्र तेरो ज्यान छैन’ भनेर।’

बब्लु गुप्ता पैसाका लागि जे पनि गर्ने मान्छे भएको पाठकको आरोप छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : १८ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय