छठ पर्वलाई भव्य र सुरक्षित बनाउन काठमाडौं महानगरको विशेष तयारी « Khabarhub

छठ पर्वलाई भव्य र सुरक्षित बनाउन काठमाडौं महानगरको विशेष तयारी


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूर्य उपासनाको पर्व छठलाई भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन विशेष तयारी गरेको छ ।

महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावटलाई प्राथमिकताका साथ अघि बढाउँदै तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको हो।

महानगरले छठका लागि उपासना गरिने स्थानहरूमा जेट–मेसिन प्रयोग गरी पानीले पखाल्ने, डेसिबल मेसिन र ब्रुमरमार्फत सरसफाइ गरेको थियो । सरसफाइ अभियानमा ३५० भन्दा बढी सरसफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरिएको छ। यस क्रममा जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी तयारी गरिएको महानगरले जनाएको छ।

भक्तजनलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन पोखरी, ताल र नदी किनार सफाइसँगै उज्यालोको व्यवस्थापन, यात्रु मार्ग, सुरक्षा र शौचालय सुविधामा पनि ध्यान दिइएको छ। उपासनास्थल वरिपरि सफा, स्वच्छ र धार्मिक वातावरण निर्माणलाई महानगरले प्राथमिकता दिएको छ।

यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४) , बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४) र रामघाट (वडा २०), बालाजु २२ धारा (वडा १६) गरी ९ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको छ। यी स्थानहरूमा सजावट र स्वच्छता कायम गर्ने कार्य सम्पन्न भएको छ ।

आवागमन व्यवस्थापनका लागि महानगरले तोकिएका स्थानमा मात्र सवारी पार्किङ गर्न, ‘पिक एण्ड ड्रप’ प्रणाली अपनाउन भक्तजनलाई आग्रह गरेको छ। पूजाअर्चनामा सहभागी भइरहँदा सहजता, भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायहरू सतर्क रहने महानगरले जनाएको छ।

सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको छठलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीक मानिन्छ। आमाको ममता, परिवारको समर्पण र समाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गरिने धार्मिक विश्वास रहेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : २५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका