काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै  « Khabarhub

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

शिविर पौष १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ  । शिविर काठमाडौँ महानगरपालिका–७, हेपाली हाइटस्थित काठमाडौं बाल अस्पताल परिसरमा आयोजना गरिने अस्पतालले जनाएको छ।

शिविरमा वरिष्ठ बालरोग विशेषज्ञहरूमार्फत परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिनेछ। यसअन्तर्गत सामान्य बाल स्वास्थ्य, बाल मानसिक स्वास्थ्य, नवजात शिशु सेवा, बाल नसासम्बन्धी रोग, बाल पेट तथा रक्तसम्बन्धी रोग, बाल क्यान्सर, बाल मिर्गौला ९नेफ्रोलोजी०, बाल मुटुरोग, बाल नाक–कान–घाँटी, बाल दन्त चिकित्सा तथा बाल हाडजोर्नी सम्बन्धी सेवा उपलब्ध हुनेछन् ।

त्यसैगरी शिविरमा ओपीडी जाँच, प्रयोगशाला सेवा, एक्स–रे, युएसजी, इको तथा इसिजी सेवा पनि प्रदान गरिने अस्पतालले जानकारी दिएको छ । 

अस्पतालले बालबालिकाको स्वास्थ्य परीक्षण तथा समयमै उपचारका लागि अभिभावकहरूलाई शिविरमा सहभागिता जनाउन आग्रह गरेको छ । थप जानकारीका लागि ०१–४३७०३७३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : ३१ बजे

सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डमा गठन भएको कर्मचारी यूनियन भंग

पर्वतमा शिक्षक संगठनको जिल्ला समिति भंग

पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च