ओसाकामा सार्वजनिक सडकमा धुम्रपान प्रतिबन्ध « Khabarhub

ओसाकामा सार्वजनिक सडकमा धुम्रपान प्रतिबन्ध


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा जापानी सहर ओसा काले सोमबार सार्वजनिक सडकहरूमा धूम्रपानमा प्रतिबन्ध लगाएको छ ।

एक्सपो २०२५ मा लगभग १६० देश र क्षेत्रहरूले भाग लिइरहेका छन् । यो प्रत्येक पाँच वर्षमा विभिन्न विश्वव्यापी स्थानहरूमा आयोजित कार्यक्रमको नवीनतम संस्करण हो ।

‘विश्व एक्सपो अप्रिलमा सुरु हुँदै छ । हामी संसारभरका धेरै मानिसलाई स्वागत गर्न चाहन्छौँ, त्यसैले हामी ओसाकालाई यस्तो सहर बनाउन चाहन्छौँ जहाँ मानिसहरूले धुवाँमुक्त सडकहरूमा सुरक्षित महसुस गर्छन्’, मेयर हिदेयुकी योकोयामाले जनवरीको सुरुमा भने ।

सोमबारअघि ओसाका स्टेसन वरपरका क्षेत्रसहित छ वटा क्षेत्रमा धूम्रपानमा प्रतिबन्ध लगाइएको थियो । यो सम्पूर्ण सहरमा विस्तार गरिएको छ र उल्लङ्घनकर्ताहरूलाई एक हजार येन (६.४० डलर) जरिवाना लाग्नेछ ।

स्थानीय नियमहरूले पहिले नै जापानका धेरैजसो स्थानमा हिँड्दा धूम्रपान गर्न प्रतिबन्ध लगाएका छन् तर केही सांसदहरूको विरोधले कडा राष्ट्रिय कानुनहरू बन्न रोकेको छ ।

अप्रिलदेखि विस्तृत ओसाका क्षेत्रले ३० वर्गमिटर (३२० वर्गफिट)भन्दा ठूलो बस्ने क्षेत्र भएका भोजनालयहरूमा धूम्रपान गर्न प्रतिबन्ध लगाउनेछ । यद्यपि धूम्रपान कक्ष जस्ता छुट्टै स्थानमा धूम्रपान गर्न अनुमति दिइएको छ ।

हालको राष्ट्रिय कानूनले एक सय वर्गमिटर भन्दा बढीको भोजन क्षेत्र भएका प्रतिष्ठानहरूमा धूम्रपान गर्न प्रतिबन्ध लगाउँछ । एक्सपो २०२५ ले ढिलो टिकट बिक्री र निर्माण बजेटमा सार्वजनिक चिन्ताका साथ सङ्घर्ष गरिरहेको छ ।

छ महिने कार्यक्रमका लागि जनवरीको सुरुसम्म लगभग ७५ लाख टिकट बिक्री भएको थियो । यो आयोजकहरूको लक्ष्यको आधा हो ।

टोकियो ओलम्पिकको तयारीका लागि सन् २०१८ मा राजधानीले सबै रेस्टुरेन्टमा धूम्रपान निषेध गरेको थियो । टोकियोका केही जिल्लामा बाहिर धूम्रपान गर्न अझै अनुमति छ ।

जापानको केन्द्रीय र स्थानीय सरकारहरूले चुरोट करबाट वार्षिक लगभग २० खर्ब येन (१३ अर्ब डलर) कमाउँछन् । विश्वको तेस्रो ठूलो सुर्तीजन्य कम्पनी जापान टोबाकोमा पनि राष्ट्रिय सरकारको एक तिहाइ हिस्सा छ ।

व्यापक विश्वव्यापी प्रवृत्तिसँगै जापानमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गएको छ । सन् २०२३ मा धूम्रपान गर्नेहरूको अनुपात १५ दशमलव सात प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १ : ३१ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक