कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन « Khabarhub

कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेका विभागमा आज १० सदस्य मनोनयन गरेका हुन् । 

मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरूणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौँका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

विभागले तराई(मधेस क्षेत्रका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी सङ्गठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताए।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  २ : १५ बजे

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या