इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ « Khabarhub

इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। 

उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उनलाई काठमाडौं-२४ इन्द्रचोकबाट पक्राउ गरिएको हो। 

उनको साथबाट ३९ लाख ७८ हजार रुपैयाँ स्रोत नखुलेको रकम फेला परेको खनालले बताए। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ०३ बजे

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको

मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र