१० अंकले घट्यो नेप्से, कारोबार कति ? « Khabarhub

१० अंकले घट्यो नेप्से, कारोबार कति ?


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अंकले घटेको छ । आज नेप्से ०.४० प्रतिशतले घटेर २६३३.३२ विन्दुमा पुगेको छ । 

आज नेप्से घट्दा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर कारोबार भएको छ ।  १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ८७ हजार ५६४ पटक शेयर किनबेच भएको छ । 

यस्तै १३ वटा समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढेको छ भने ८ वटा समूह घटेको छ । बसैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.८३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटेल तथा पर्यटन ०.५१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : १३ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले