रास्वपा बैठक : फागुनबाट उद्योगी व्यवसायीसँग संवाद गर्ने  « Khabarhub

रास्वपा बैठक : फागुनबाट उद्योगी व्यवसायीसँग संवाद गर्ने 

जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउने जिम्मा प्रदेशको


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय चमतीमा  कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले संसदमा  सरकारले ल्याएका ५ वटा अध्यादेशको विषयमा संसदहरुले अध्ययन गरेर प्रस्तुत हुने छलफल चलेको छ । यसलाई अझ परिष्कृत १६ गते बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने छ । 

यस्तै सरकारले सदन सुरु गर्न छाडेर अध्यादेश ल्याएको भन्दै त्यसको पनि विरोध गर्ने निर्णय गरेको छ । रास्वपा नेता विराजभक्त श्रेष्ठमा अनुसार आजको बैठकमा विषयगत विभाग र संगठनको नियमावली र विधिमा काम गर्न छलफल भएको छ । 

पार्टी प्रवेश गर्न आटेका जनप्रतिनिधिहरूलाई सम्बन्धित प्रदेशले नेतृत्व गरेर प्रवेश गराउने छलफल भएको छ । जिम्मेवारीहरू विकेन्द्रीकरण गरेर प्रदेशलाई दिने छलफल भएको छ । 

क्षेष्ठका अनुसार सात प्रदेशमा सचिवालय सदस्यकोको नेतृत्वमा त्यहाँका उद्योगी, व्यवसायी र अभियन्तासँग संवाद गर्न फागुन महिनाबाट अभियान चलाउने निर्णय गरेको छ । त्यसको लागि प्रतिनिधि सभा सदस्य, केन्द्रीय सदस्यको टोली खट्ने छ ।    

अध्यादेशको सन्दर्भमा अध्ययन गरेर प्रस्तुत हुने भनिएको छ । विपक्षीसँग राष्ट्रिय मुद्दामा संवाद गर्ने छलफल भएको छ । 

श्रेष्ठले खबरहबलाई भने, ‘संसद् सुरु हुन आटेको बेला दुई तिहाइको सरकारले ल्याएको अध्यादेशबारे पनि विधि र विधान अनुसार भएन भनेर प्रश्न हुन्छ ।’ 

बैठकले आवश्यक परेको खण्डमा सभापति रवि लामिछानेसँग परामर्श गरेर काम गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ४ : १९ बजे

फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा

एजेन्सी– विश्व व्यापी सुमुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव