धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम « Khabarhub

धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई पाङ्ग्रे सवारी दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका लागि विशेष ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ ।

‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट कार्यक्रम’ नामक यो अभियान धनुषा जिल्लाका विभिन्न ट्राफिक पोस्टहरूमार्फत सञ्चालनमा आएको हो ।

दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

धनुषा जिल्ला ट्राफिक कार्यालयले पछिल्लो समय दुई पाङ्ग्रे सवारी साधनको संख्यामा भएको वृद्धिले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै यस प्रकारको सचेतना कार्यक्रमको आवश्यकतालाई पहिचान गरेको उनले बताए ।

कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीहरूले सडकमा दुई पाङ्ग्रे सवारी चालकहरूलाई रोक्दै उनीहरूलाई ट्राफिक नियम, हेलमेटको अनिवार्य प्रयोग, गति नियन्त्रण र अन्य सुरक्षासम्बन्धी जानकारी दिनेछन् । 

कार्यक्रमलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीहरूले सवारी चालकहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूलाई दुई मिनेटभित्र आवश्यक सुरक्षा सन्देश प्रदान गर्ने प्रहरी निरीक्षक वलीले बताए ।

वलीले भने, ‘दुई पाङ्ग्रे सवारी साधनका चालकहरूमा ट्राफिक नियमहरूको पालनाका बारेमा सचेतना अभिवृद्धि गर्ने हो भने दुर्घटनाको दर घटाउन सकिन्छ । यस कार्यक्रमले स्थानीय सवारी चालकहरूमाझ सुरक्षित सवारीको महत्त्वबारे सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ ।’

यस कार्यक्रमको सफल कार्यान्वयनले दुर्घटनाको दरमा सकारात्मक सुधार ल्याउने विश्वास गरिएको र यसले धनुषा र वरपरका क्षेत्रलाई सुरक्षित बनाउन मद्दत पुर्‍याउने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ४ : २३ बजे

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई