कांग्रेस दलको बैठक : अहिले सरकार परिवर्तनको कुरै नगरौँ « Khabarhub

कांग्रेस दलको बैठक : अहिले सरकार परिवर्तनको कुरै नगरौँ

प्रमुख सचेतक भन्छन्- ०८४ सम्मै मिलेर जाने हो


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक संसद् भवन नयाँबानेश्वरमा बसिरहेको छ । सोमबार बसेको बैठकका क्रममा करिब १८ जना सांसदले बोलेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएका छन् ।

सोमबारको बैठकमा मुख्यत: माघ १८ गतेदेखि सुरु हुने संघीय संसद् अधिवेशनबारे कुरा भएकव घिमिरले बताए।

‘त्यो विषयलाई लिएर छलफल भएको छ । अध्यादेशका विषयहरू, बटजेटका विषयहरू र अन्य समसामयिक विषयहरूमा सांसदहरूले कुरा उठाउनुभएको छ’, उनले भने, ‘अत्यन्तै गम्भीरतापूर्वक र सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ ।’

घिमिरेले दलको बैठकमा कुनै पनि सांसदले सरकार फेर्ने विषयमा कुरै नगरेको बताए । ‘अहिले सरकार चेन्जको कुरै नगरौँ । सरकार चेन्जको कुरा कसैले गरेको छैन । सरकार चेन्ज हुने कुनै सम्भावना पनि छैन’, उनले भने, ‘यो कोलिसन संसद्को बाँकी अवधिसम्म पूरै चल्नेवाला छ । ७ बुँदे सम्झौता बमोजिम नै यो आफ्नो गतिमा अगाडि बढ्छ । त्यही सम्झौतालाई हुबहु कार्यान्वयन गर्दै अघि बढ्छ ।’

असार १७ गते राति भएको त्यही सात बुँदे सहमतिलाई मार्गनिर्देशक सिद्धान्तका रुपमा लिएर संसद्को अवधिभरि नेपाली कांग्रेस र एमाले मिलेर सरकार चलाउने कुरा भएको पनि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार