कांग्रेस दलको बैठक : अहिले सरकार परिवर्तनको कुरै नगरौँ « Khabarhub

कांग्रेस दलको बैठक : अहिले सरकार परिवर्तनको कुरै नगरौँ

प्रमुख सचेतक भन्छन्- ०८४ सम्मै मिलेर जाने हो


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक संसद् भवन नयाँबानेश्वरमा बसिरहेको छ । सोमबार बसेको बैठकका क्रममा करिब १८ जना सांसदले बोलेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएका छन् ।

सोमबारको बैठकमा मुख्यत: माघ १८ गतेदेखि सुरु हुने संघीय संसद् अधिवेशनबारे कुरा भएकव घिमिरले बताए।

‘त्यो विषयलाई लिएर छलफल भएको छ । अध्यादेशका विषयहरू, बटजेटका विषयहरू र अन्य समसामयिक विषयहरूमा सांसदहरूले कुरा उठाउनुभएको छ’, उनले भने, ‘अत्यन्तै गम्भीरतापूर्वक र सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ ।’

घिमिरेले दलको बैठकमा कुनै पनि सांसदले सरकार फेर्ने विषयमा कुरै नगरेको बताए । ‘अहिले सरकार चेन्जको कुरै नगरौँ । सरकार चेन्जको कुरा कसैले गरेको छैन । सरकार चेन्ज हुने कुनै सम्भावना पनि छैन’, उनले भने, ‘यो कोलिसन संसद्को बाँकी अवधिसम्म पूरै चल्नेवाला छ । ७ बुँदे सम्झौता बमोजिम नै यो आफ्नो गतिमा अगाडि बढ्छ । त्यही सम्झौतालाई हुबहु कार्यान्वयन गर्दै अघि बढ्छ ।’

असार १७ गते राति भएको त्यही सात बुँदे सहमतिलाई मार्गनिर्देशक सिद्धान्तका रुपमा लिएर संसद्को अवधिभरि नेपाली कांग्रेस र एमाले मिलेर सरकार चलाउने कुरा भएको पनि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : १३ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले