सत्ता पक्षीय दलको बैठक : यस्ता छन् छलफलका विषय र एजेन्डा « Khabarhub

सत्ता पक्षीय दलको बैठक : यस्ता छन् छलफलका विषय र एजेन्डा


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक सुरु भएको हो । सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । 

आजको बैठकमा बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशनमा सत्ता गठबन्धनको एकै स्वर हुनेबारे छलफल हुने छ । सरकारले सदन सुरु हुनु अगाडि ५ वटा अध्यादेश ल्याएपछि विपक्षीहरू रिसाएका छन् । उनीहरूले सदनमा विरोध गर्ने बताइरहेका बेला सत्तारुढ दल जुटेका हुन । 

आजको बैठकमा संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे पनि छलफल हुनेछ ।

सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, अर्जुननरसिंह केसी, एमपी सावद, चन्द्र भण्डारी लगायतले अध्यादेशको विरोधमा सुरुमा बोलेका थिए । 

तर, दुई दिन बसेको कांग्रेस संसदीय दलको बैठकले त्यसको सत्ता पक्षहरू एक जुट भएर जाने निर्णय गरेपछि अब उनीहरू सदनमा कसरी प्रस्तुत हुन्छन् हेर्न बाकी छ । यस्तै सरकारमा रहेका  साना दलले पनि अध्यादेशको विरोध गर्ने मेसो पाएपछि प्रधानमन्त्री ओलीले आजको बैठकमा के भन्छन् त्यो हेर्न बाकी छ । 

अहिले सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जनमत पार्टी रहेका छन् । 

सत्ता पक्ष एकजुट भएर ५ वटा अध्यादेशलाई सदनबाट पारित गर्ने ओलीको योजना छ । त्यसपछि समितिमा छलफल सकिएका विधेयकहरू सदनमा प्रस्तुत हुने देखिन्छ । 

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहदुर देउवा, एमाले उपाध्यक्ष एवम् उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी छन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : २५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था