अर्थसंक्षेप : पाथीभराको ‘नो केबलकार समूह’ ले ग्लोबल आइएमई घेर्यो, नेप्से आजपनि घट्यो « Khabarhub

अर्थसंक्षेप : पाथीभराको ‘नो केबलकार समूह’ ले ग्लोबल आइएमई घेर्यो, नेप्से आजपनि घट्यो


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाथीभरामा केबलकार बनाउने विषयमा विरोध जनाउँदै आएको नो केबलकार समूहले ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । सोमबार घटेको नेप्से परिसूचक आज पनि घटेको छ ।

आठौँ चेम्बर एक्स्पो माघ १७ गतेदेखि हुने भएको छ । जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।

आजका आर्थिक समाचार :

काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाएसँगै तनाव पनि चुलिएको छ ।

गत कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेसँगै आन्दोलन पनि बढेको हो ।

आठौँ चेम्बर एक्स्पो यही माघ १७ देखि

नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

१० अंकले घट्यो नेप्से, कारोबार कति

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अंकले घटेको छ । आज नेप्से ०.४० प्रतिशतले घटेर २६३३.३२ विन्दुमा पुगेको छ ।

आज नेप्से घट्दा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर कारोबार भएको छ ।

१०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

खाँदबारी–किमाथांका सडक ‘ब्रेक थ्रु’

जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो ।

‘युएसएआइडी’ ले स्रोत बेहोर्ने चार परियोजनाका काम रोक्न अर्थको निर्देशन

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो ।

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ४७ बजे

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको