सरकारले ल्याएका अध्यादेशप्रति कांग्रेसमा असन्तुष्टि | Khabarhub Khabarhub

सरकारले ल्याएका अध्यादेशप्रति कांग्रेसमा असन्तुष्टि


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका पाँचवटा अध्यादेशप्रति रोष प्रकट गरेका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको बैठकमा सांसदहरूले पछिल्लो समय जारी विभिन्न ५ वटा अध्यादेशप्रति असहमति जनाएका हुन् । 

बैठकपछि कांग्रेस सांसद रामहरि खतिवडाले केही सांसदहरूले अध्यादेशा सहमत हुन नसक्ने धारणा राखेको जानकारी दिए । उनका अनुसार ती सांसदहरूले अध्यादेश ल्याउनुपूर्व आफूहरूसँग सल्लाह नगरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।  

‘केही नयाँ कुराहरू आएका छन् । अध्यादेशबारे केही साथीहरूले अहिले पनि हाम्रो सहमति छैन, यो अध्यादेश आउनुअगाडि किन सांसदहरूसँग छलफल गरिएन,’ खतिवडाले बैठकमा उठेका धारणाबारे जानकारी दिँदै भने, ‘माननीय सांसदहरू पनि सार्वभौमसत्ता सम्पन्न हुन्, निर्वाचित भएर आएका हुन्, एकैचोटि आएपछि (अध्यादेश) थाहा हुन्छ । यो कुरा ठीक भएन भन्ने केही माननीय सदस्यहरूले कुरा राख्नुभयो ।’ 

खतिवडाले बैठकमा अध्यादेशप्रति असहमत सांसदहरूको जिज्ञासाको पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले माघ १८ गते संसद् अधिवेशन अघि जवाफ दिने पनि बताए । 

‘मन्त्रीहरूले जवाफ दिनुपर्ने छ । त्यसैले मन्त्रीहरूले जवाफ दिने कुरा १८ गतेसम्मलाई स्थगित गरेर बिहान ८ बजे खाना यहीँ खानेगरी, तयसपछि दिउँसो सदनमा जाने गरी, मन्त्रीहरूले जवाफ दिने गरी आजको बैठक स्थगित भएको छ,’ उनले भने ।  

संसदीय दलको सोमबारको बैठकमा सांसदहरूले मन्त्रीहरूमात्र मुस्कुराउने र सेवाग्राही रुँदै हिँड्ने अवस्था सिर्जना हुन नहुने धारणासमेत राखेका छन् । 

‘आज २० जना माननीयहरू बोल्नुभयो । मन्त्रीहरूको प्रभावकारीको बारेमा केही कुरा राख्नुभएको छ । मुस्कानसहितको सेवा भन्ने एउटा भनाइ छ,’ खतिवडाले भने, ‘तर, मन्त्रीहरूमात्र मुस्कुराउने, सेवाग्राही रुँदै हिँड्ने अवस्था सिर्जना हुनुहुँदैन भन्ने कुरा धेरैबाट आएको छ । जुन कुरा मैले पनि राखेको थिएँ ।’

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ५६ बजे

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नवलपरासी– सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित