सरकारले ल्याएका अध्यादेशप्रति कांग्रेसमा असन्तुष्टि
सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका पाँचवटा अध्यादेशप्रति रोष प्रकट गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको बैठकमा सांसदहरूले पछिल्लो समय जारी विभिन्न ५ वटा अध्यादेशप्रति असहमति जनाएका हुन् ।
बैठकपछि कांग्रेस सांसद रामहरि खतिवडाले केही सांसदहरूले अध्यादेशा सहमत हुन नसक्ने धारणा राखेको जानकारी दिए । उनका अनुसार ती सांसदहरूले अध्यादेश ल्याउनुपूर्व आफूहरूसँग सल्लाह नगरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
कांग्रेस दलको बैठक : अहिले सरकार परिवर्तनको कुरै नगरौँ
मन्त्रीहरूलाई देउवाको निर्देशन- सांसदहरूसँग समन्वय गरेर काम गर्नू
सत्ता पक्षीय दलको बैठक : यस्ता छन् छलफलका विषय र एजेन्डा
कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन
पैसाका लागि राजनीति हुन थाल्यो : शेखर कोइराला
ओली जन्मिएको घरनजिकै प्रचण्डले शिलान्यास गरे ‘जनयुद्ध स्मारक‘
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् ।
मङ्गलबार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका-३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास र त्यहीँ निर्मित ह्वाकू बगाले शहीद पार्क उद्घाटन गरेका हुन् ।
माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
वि।सं। २०५८ माघ १४ गते उक्त स्थानमा तत्कालीन सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेका थिए ।
प्रचण्ड र माबुहाङको संयोग – १२ वर्षमा खोलो फर्कियो
हाम्रा सन्ततिलाई आत्मनिर्भर बन्ने बाटोतर्फ प्रेरित गरौँ : प्रचण्ड
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन
वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते
रास्वपा बैठक : फागुनबाट उद्योगी व्यवसायीसँग संवाद गर्ने
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन् ।
‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रूपमा काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘सम्पत्तिको आपराधिक उपयोगबाट अर्थतन्त्रका साथै शासकीय स्वच्छतामा नै चुनौती खडा हुने हुँदा यसको निवारणमा थप प्रभावकारिता वृद्धि गर्दै आगामी दिनमा वित्तीय स्वच्छता कायम गर्न अझ हौसला प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
चन्द नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो ‘सी व्यापार केन्द्र’
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार
राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
सुजाताले लेखिन् बुवा गिरिजाप्रसादबारे पुस्तक
धरौटी लिने कास्की अदालतको आदेशविरुद्ध उच्चमा पुगे रवि
खाँदबारी–किमाथांका सडक ‘ब्रेक थ्रु’
जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।
सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो ।
खाँदबारी–किमाथांका सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै आज सङ्घीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो।
अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग
रुसमा बितेका विनोदलाई कुशको शव बनाएर बिदाइ (तस्बिरहरू)
आशिका तामाङ १० हजार धरौटीमा रिहा, अर्को मुद्दा चलाउन भक्तपुर लगिँदै
अछाममा दुई किशोरीको मृत्यु : डीएसपी भण्डारी तीन दिनदेखि मौन, घटना विवरणसमेत दिएनन्
अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ
काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन (तस्बिरहरू)
अमेरिका र कोलम्बियाबिच विमान अवतरणमा सहमति
अमेरिका कोलम्बियासँगको अतिरिक्त करको निर्णयबाट फिर्ता भएको छ । कोलम्बियाले कुनै अवरोध विना डिपोर्ट भएका आप्रवासीलाई स्वीकार गर्ने भएपछि अमेरिकाले अतिरिक्त करको निर्णय हटाएको हो ।
आप्रवासी लिएर गएको अमेरिकी सैन्य जहाज कोलम्बियाको भूमिमा बस्न नदिइएपछि अमेरिकाले २५ प्रतिसित अतिरिक्त रकमको निर्णय गरेको हो ।
त्यस पछि कोलम्बियाको राष्ट्रपति गुस्ताभो पेड्रोले आफ्नो देशको नागरिकलाई अपराधी झैँ व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरे पछि दुई देश बिचको विवाद बढेको हो । पेड्रोले अहिले वार्ता भएको तथा नागरिकलाई सम्मानजनक व्यवहार सहित कोलम्बियामा छाडिने सहमति भएको बताए । सहमति पछि नै अमेरिकी सैन्य विमान बोगटामा अवतरण गर्न लागेको हो ।
आइतबार नै सामाजिक सञ्जालमा दुई देशमा नेताले व्यापारिक सम्झौतामा पुर्न विचारको चेतावनी दिने क्रममा जुहारी नै चले पछि वार्ता अघि बढेको थियो । ह्वाइट हाउसले भने ट्रम्पको तर्फबाट पुरै कागजात तयार भएको जनाउँदै कोलम्बियाले सहमतिमा अटेर गरे यसलाई लागु गर्ने बताएको छ ।
आप्रवासीलाई अपराधी झै व्यवहार गरेको भन्दै कोलम्बिया अमेरिकासँग रुष्ट
हमासले थप ६ बन्दी रिहा गरेपछि गाजाबासी घर फर्किन पाउने
घरेलु हतियार उद्योगलाई बढावा दिँदै भारत
सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान
ओसाकामा सार्वजनिक सडकमा धुम्रपान प्रतिबन्ध
जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दाबी
प्रतिक्रिया