कैलालीमा १५ वर्षीया किशोरी चार युवकबाट बलात्कृत | Khabarhub Khabarhub

कैलालीमा १५ वर्षीया किशोरी चार युवकबाट बलात्कृत


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।

जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।

पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन्। 

किशोरीलाई चार जनाले सामूहिक करणी गरेका बताइएको छ। मंसिर २२ गते करणी भएको भए पनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ।

करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए। 

उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : १५ बजे

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै

काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु

जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन

एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू)

काठमाडौं– तीन दिनदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थानीय