कैलालीमा १५ वर्षीया किशोरी चार युवकबाट बलात्कृत « Khabarhub

कैलालीमा १५ वर्षीया किशोरी चार युवकबाट बलात्कृत


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।

जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।

पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन्। 

किशोरीलाई चार जनाले सामूहिक करणी गरेका बताइएको छ। मंसिर २२ गते करणी भएको भए पनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ।

करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए। 

उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : १५ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित