नेपाल कबड्डी लिग : जनकपुर नाइट्स फाइनलमा « Khabarhub

नेपाल कबड्डी लिग : जनकपुर नाइट्स फाइनलमा


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुर नाइट्स नेपाल कबड्डी लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको पहिलो क्वालिफायरमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

योसँगै विराटनगरले फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायर खेल्ने छ । उसले इलिमिनेटरको विजेतासँग खेल्ने भएको हो । इलिमिनेटरमा काठमान्डु माभरिक्स र हिमालयन रेइडर्सबिचको विजेतासँग खेल्नेछ ।

जनकपुरले खेलभर रेडमा १५, ट्याकलमा १३, दुई अलआउटमा चार र बोनसमा दुई अङ्क जोड्यो । विराटनगरले भने रेडमा आठ, ट्याकलमा १०, एक अलआउटमा दुई र बोनसमा १२ अङ्क जोड्यो । पहिलो हाफमै जनकपुरले ११ अङ्कको अग्रता लिएको थियो ।

जनकपुर बोनसबाहेक अन्य सबै पक्षमा अब्बल रह्यो । रेडमा ११, ट्याकलमा ६ र दुई अलआउटमा चार अङ्क जोडेको थियो । बोनसमा भने दुई अङ्क मात्रै थप्न सक्यो । विराटनगरले भने रेड र ट्याकलमा समान तीन अङ्क जोड्यो । बोनसमा भने ६ अङ्क बटुल्दै खेल २३–१२ मा सक्काएको थियो ।

दोस्रो हाफमा भने विराटनगरले उत्कृष्ट पुनरागमन गरेको थियो । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जनकपुर खेलमा फर्कियो । उसले चार ट्याकल र एक रेडमा तीन अङ्क थप्दै खेल ३३–३० मा पु¥यायो ।

जनकपुरले दोस्रो हाफमा कूल ११ अङ्क जोड्यो । विराटनगरले त्योभन्दा नौ अङ्क बढी ल्याए पनि जित हात पार्न सकेन । जनकपुरले यो हाफमा रेडबाट तीन, ट्याकलबाट सात र बोनसबाट एक अङ्क हात पारेको थियो । विराटनगरले भने रेडमा पाँच, ट्याकलमा सात, एक अलआउटमा दुई र बोनसमा ६ अङ्क बटुल्यो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : १९ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व