अमेरिकालाई मजबुत बनाउन इयूको उदय भएको हो : ट्रम्प  | Khabarhub Khabarhub

अमेरिकालाई मजबुत बनाउन इयूको उदय भएको हो : ट्रम्प 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली सङ्घ (इयू) को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताएका छन् । 

ट्रम्पले भने, ‘युरोपेली युनियन (इयू)को गठन संयुक्त राज्य अमेरिकालाई पेचिलो बनाउनका लागि गरिएको हो । यसको उद्देश्य यही हो र उनीहरूले यसमा राम्रो काम गरेका छन् । तर, अहिले म राष्ट्रपति भएको छु ।’

ट्रम्पले आफ्नो पछिल्लो कर वृद्धिको विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन्, ‘हामीले कर वृद्धिसम्बन्धि एउटा निर्णय गरेका छौं र हामी चाँडै नै यसको घोषणा गर्नेछौँ। यो २५ प्रतिशत हुनेछ।’ 

युरोपेली आयोगले ट्रम्पको भनाइप्रति तुरुन्तै जवाफी प्रतिक्रिया दिँदै भनेको छ, ‘युरोपेली सङ्घ विश्वको सबैभन्दा ठूलो स्वतन्त्र बजार हो । यो संयुक्त राज्य अमेरिकाका लागि वरदान साबित भएको छ,’ युरोपेली आयोगको एक स्रोतले बुधबार जनाएको छ।

स्रोतका अनुसार इयूले नयाँ कर वृद्धिको ‘दृढतापूर्वक र तुरुन्तै’ प्रतिक्रिया दिनेछ।

हालैका हप्ताहरूमा, अमेरिकी प्रशासनले युरोपेली सामानहरूमा उच्च आयात करहरू लगाउने प्रतिज्ञा गरेको र यसले संयुक्त राज्य अमेरिका र युरोपबीचको साझेदारीलाई उथलपुथलको अवस्थामा पुर्‍याएको छ । 

अमेरिकाले इयूबाट अमेरिका निर्यात हुने सामानमा लगाउने करको हाराहारीमा नै उसको सामानमा कर वृद्धि हुने दाबी इयूका अधिकारीले गरेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : ३९ बजे

अशक्तलाई घरमै नागरिकताको प्रमाणपत्र 

तनहुँ– जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती