अर्थसंक्षेप : कुलमानले दिए मन्त्री खड्कालाई स्पष्टिकरण, उच्च अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : कुलमानले दिए मन्त्री खड्कालाई स्पष्टिकरण, उच्च अंकले बढ्यो नेप्से


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि नेप्से उच्च अंकले उकालो लागेको छ । उर्जामन्त्री दीपक खड्काले चौबिस घण्टे भन्दै स्पष्टिकरण सोधेकोमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आफूलाई मन्त्रालयले कारबाही गर्न नसक्ने भन्दै स्पष्टिरकरण दिएका छन् ।

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी आजबाट उडानमा आउने भएको छ । इभी गाडीको मूल्य ऋण अनुपात घटाएकोमा नाडाले असहमति जनाएको छ ।

आजका आर्थिक समाचार

कुलमानको जवाफ- ऊर्जामन्त्री खड्का पूर्वाग्रही, मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पूर्वाग्रही बनेर स्पष्टीकरण सोधेको गुनासो गरेका छन् ।

मन्त्री खड्काको निर्णयअनुसार सोधिएको २४ घण्टे स्पष्टीकरणको बिहीबार जवाफ दिँदै उनले मन्त्रालयले स्पष्टीकरण माग्ने विषय नै अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको उल्लेख गरेका छन् ।

शेयर बजारमा उछाल, ४९ अंकले बढ्दा ११ अर्ब बढीको कारोबार

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज नेप्से एकै दिन ४९.१५ अंकले बढेर बजारमा उछाल आएको हो । मौद्रिक नीतिको दोस्रो समीक्षा पछि आएको शेयर बजारमा उछाल आएको छ ।

आज एकै दिन नेप्से १.७७ प्रतिशतले बढेर २८१५ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा ११ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।

ग्रिन इनर्जीलाई प्राथमिकता दिने सरकारको नीतिलाई राष्ट्र बैंकले उपेक्षा गर्‍यो

ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने सरकारको नीतिलाई नेपाल राष्ट्र बैंकले उपेक्षा गरेको नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपाल नाडाले जनाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा प्रेस विज्ञप्तिमार्फत् प्रतिक्रिया जनाउँदै नाडाले सो जनाएको हो ।

‘सरकारले नीतिगत रूपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरूप सरकारले विगतको समय देखि नै विद्युतीय सवारी साधनहरूलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा बर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिन्छ’, नाडाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

ओलाङ्चुङगोला बुनेको गलैँचाको माग उच्च

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन ।

नाका खुलेसँगै, ओलाङ्चुङगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुपल्हमु श्रेष्ठले जानकारी दिए । यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ । ओलाङ्चुङगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ । यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठमाडौंसम्म पुग्ने गर्दछ । नेपाली बजारमा यी गलैँचाको मूल्य प्रतिइकाई दश हजारदेखि २५ हजारसम्म पर्ने उनले बताए ।

निगमको दोस्रो वाइडबडी आज उड्ने, न्यारोबडीको उडान अनिश्चित

नेपाल वायुसेवा निगमको चार वटा विमानमध्ये ३ वटा विमानमा समस्या आएकोले केही समयदेखि उड्न सकेका थिएनन् । जसमध्ये एउटा वाइडबडी विमान आजनै मर्मत भएर अन्तर्राष्ट्रिय उडान गर्ने र अन्य दुईवटा न्यारोबडीको उडान समय भने निश्चित नभएको निगमले जनाएको हो ।

निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ९एन–एलजेड वाइडबडीले अहिले नियमित उडान गरिरहेको छ भने अर्को ९एन–एएलवाई को लागि आवश्यक पर्ने पाटपुर्जा आजै बेलायतबाट आइसकेकोले मर्मतपश्चाात आजै दिल्ली उडान गर्नेछ ।

सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्ति अन्त्य : कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफूले नेतृत्व गरेको मन्त्रालयले किसानकै पक्षमा काम गरी रहेको बताएका छन् ।

युवा किसान सञ्जालले बिहीबार काठमाडौंमा आयोजना गरेको किसान सम्मान एवम् अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमा भएका काम र निर्णयहरू समग्र कृषि र किसानको पक्षमा भएको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुन बरामद

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

गयराति फलाइ दुबईको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

वीरगञ्ज नाकाबाट सात महिनामा साढे ४० अर्ब बढीको सामान निर्यात

पर्साको वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको हो । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

नेपाली कागज बनाउन भ्याइनभ्याइ

विभिन्न सरकारी कामकाज तथा हस्तकालका सामग्रीहरू बनाउन प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।

हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्ष देखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : १६ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल