‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि आघात पुर्‍याउने गतिविधि स्वीकार्य छैन’ « Khabarhub

‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि आघात पुर्‍याउने गतिविधि स्वीकार्य छैन’


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवाः समुदायले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको छ । 

नेवाः समुदायले बिहीबार विज्ञप्तिमार्फत राजावादी आन्दोलनप्रति लक्षित गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको हो । 

‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात नेवाः समुदायले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको छ ।  यस्ता गतिविधिहरू हामी नेवाः समुदायलाई कदापि स्वीकार्य छैन,’ विज्ञप्तिमा उल्लेख छ ।   
 
नेवाः समुदायले जात्रा पर्वको महत्व र मौलिकता बचाउन आफूहरू प्रतिबद्ध रहेको पनि प्रष्ट पारेको छ ।

 ‘आफ्ना कुत्सित मनसाय पूरा गर्न यी तत्वहरूले नजिकै आइरहेका नेवाः जात्रा चाडपर्वहरूमा अवाञ्छित गतिविधिहरू गर्ने सम्भावना रहेकोले त्यस्तो कार्य कोही कसैले नगर्न नगराउन समेत खबरदारी गर्दै जात्रा पर्वको महत्व र मौलिकता बचाउन नेवाः समुदाय प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छौँ,’ विज्ञिप्तमा भनिएको छ ।  

नेवाः समुदायले एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको भन्दै राजतन्त्रात्मक शासन व्यवस्थाले मुलुकको उक्त विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा दमन गरेको यथार्थ पनि स्मरण गराएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ४ : ३५ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै