इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु भएको दाबी | Khabarhub Khabarhub

इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु भएको दाबी


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको प्यालेष्टिनी इस्लामिक लडाकु समूह (हमास) ले जनाएको छ । समूहले उत्तरी गाजाको जबालिया क्षेत्रमा रहेको एक टेन्टमा भएको ‘हवाई’ आक्रमणमा मारिएका अब्दुल लतिफ अल–कानौको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

मार्च १८ मा इजरायलले गाजामा आफ्नो बमबारी अभियान पुनः सुरु गरेसँगै गाजामा हप्तौंको सापेक्षिक शान्ति कायम गरेको कमजोर युद्धविराम समाप्त भएको थियो। हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ८५५ जनाको मृत्यु भइसकेको छ ।

कानौ हालै इजरायलको आक्रमणमा मारिएका हमासका पछिल्लो उच्च पदस्थ अधिकारी छन् । इजरायली सेनाले गत साता हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख रसिद जाहजौहलाई हवाई आक्रमणमा मारिएको बताएको थियो ।

केही दिनअघि हमासले गाजा पट्टीमा आफ्नो सरकारका प्रमुख एसाम अल डालिस र गृह मन्त्रालयका प्रमुख महमुद अबु वात्फालाई आक्रमणमा मारिएका अधिकारीहरूको सूचीमा राखेको थियो।

इजरायली सेनाले सन् २०२१ को जुनमा गाजामा प्रशासनको प्रमुख बनेका हमासको राजनीतिक ब्यूरोका सदस्य डालिसको मृत्यु भएको पुष्टि गरेको छ ।

हमासले आफ्नो राजनीतिक ब्यूरोका सदस्य सालाह अल बर्दाविल र यासेर हर्बको मृत्यु भएको पनि पुष्टि गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ५ : ०७ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको