ताइवानमा शक्तिशाली आक्रमण गर्ने चीनको चेतावनी « Khabarhub

ताइवानमा शक्तिशाली आक्रमण गर्ने चीनको चेतावनी


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले ताइवानमाथि शक्तिशाली आक्रमणको तयारी गरेको छ । यसका लागि अहिलेसम्मकै ठूलो र सशक्त सैन्य अभ्यास शुरू गरिएको चिनियाँ सुरक्षा अधिकारीले बताएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनले आफ्नो स्थल सेना, जल सेना, वायु सेना तथा रकेट बल सहभागी गराएर कैयौं दिशाबाट ताइवानमाथि आक्रमण गर्ने गरी संयुक्त अभ्यास शुरू गरिसकेको छ । चीनले एकै पटक जल, जमिन र आकाशबाट ताइवानमा नजिकबाट आक्रमण गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने अभ्यास गर्न लागेको खबरमा उल्लेख छ ।

चिनियाँ पिपुल्स लिबरेशन आर्मीले आफ्नो एक वक्तव्यमा यो अभ्यास स्वतन्त्र ताइवानको पृथकतावादी शक्तिविरुद्ध कडा चेतावनी र सशक्त प्रतिकार भएको बताएको छ । साथै आफ्नो सैन्य अभ्यासलाई चीनको सम्प्रभुता र राष्ट्रिय एकताको रक्षाका लागि वैधानिक कारबाहीको संज्ञा दिएको छ ।

चीनले ताइवानलाई आफ्नो अङ्ग मान्ने गरे पनि ताइवानले भने आफू स्वतन्त्र देश भएको दाबी गर्ने गरेको छ । यसका कारण चीनले केही वर्षयता ताइवानमाथि दबाव बढाउन सामुद्रिक क्षेत्रमा सशक्त सैन्य अभ्यास गर्ने गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु