पत्रकार कार्की माथि हमला गर्ने माथि कारबाही गर्न प्रेस चौतारीको माग « Khabarhub

पत्रकार कार्की माथि हमला गर्ने माथि कारबाही गर्न प्रेस चौतारीको माग


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालले आज प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार सविना कार्की माथि भएको घटनाको छानबिन गर्न माग गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपाल गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा आँखामा परेर पत्रकार कार्कीको दुवै आँखामा गम्भीर चोट लागेपछि प्रहरी आफैले बोकेर वीर अस्पतालको ट्रमा सेण्टर हुँदै तिलगंगा आँखा अस्पताल लगेको विवरण प्राप्त भएको जनाएको छ । 

चौतारीका महासचिव हिरामान लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘नागरिक सुसूचित गराउने धर्म निर्वाह गर्न कर्मथलोमा खटिएकी श्रमजीवी पत्रकारमाथि भएको यो घटनाको प्रेस चौतारी नेपाल घोर निन्दा एवं भर्त्सना गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, घाइते पत्रकार कार्कीको उपचारको व्यवस्था मिलाउन तथा क्षतिपूर्तिका लागि जोडदार माग गर्दछ । साथै, समाचार संकलनमा खटिएका पत्रकारलाई सुरक्षाको प्रबन्ध गर्न प्रेस चौतारी राज्यसँग माग जोडदार गर्दछ ।’

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ०८ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर