भेरी अस्पतालमा भएको आगलागीबाट चार करोड बराबरको क्षति  « Khabarhub

भेरी अस्पतालमा भएको आगलागीबाट चार करोड बराबरको क्षति 


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नीराजन सुवेदीले जानकारी दिए । 

उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा। धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले चार दिनभित्र प्रतिवेदन बुझाउने छ । 

आगलागीका कारण आइतबारदेखि दुई दिनसम्म भेरी अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको अस्पतालका मेसु डा.सुवेदीले बताए । आगलागी भएको मेडिकल स्टोर र ओपोडी सेवा एउटै भवनमा रहेकाले पनि काम गर्न असहज हुने देखिएपछि ओपीडी सेवा बन्द गरिएको उनले उल्लेख गरे । 

अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिनलगायत सबै जलेर नष्ट भएकाले पनि ओपीडी सेवा प्रभावित भएको सुवेदीले बताए । उनका अनुसार आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्र पनि जलेर नष्ट भएका छन् ।

शनिबार आगलागी भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिस नरहेकाले मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको अस्पतालले जनाएको छ । 

मेडिकल स्टोरमा आगलागी भए लगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएकाले दमकल, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले जानकारी दिए । उनका अनुसार आगलागीबाट मेडिकल स्टोरमा रहेका अधिकांश औषधि जलेर नष्ट भएका छन् । 

आगलागीको कारण विद्युत् सर्ट भएको हुनसक्ने अनुमान गरिए पनि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगलागी नियन्त्रण गर्न करिब दुई घण्टा लागेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ०० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना