सुडी समाज काठमाडौंको अध्यक्षमा महतो निर्वाचित « Khabarhub

सुडी समाज काठमाडौंको अध्यक्षमा महतो निर्वाचित


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडी समाज काठमाडौंको १४औँ वार्षिक साधारणसभाले शीतलप्रसाद महतोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । 

‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त समाज’ भन्ने मूल नाराका साथ सम्पन्न साधारणसभाले समाजको प्रथम उपाध्यक्षमा शङ्कर साह सुडी र उपाध्यक्षमा विनय गामीलाई चयन गरेको छ ।

महासचिवमा डा प्रकाशचन्द्र पञ्जियार, सचिवमा वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठ र सह–कोषाध्यक्षमा अञ्जु चौधरीलाई चयन गरिएको छ । सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना तथा दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । 

उनले अनुशासित, मर्यादित समाजको निर्माण गर्न हरेक अभिभावकले आफ्ना बालबालिकालाई उचित र समयसापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिए । 

समाजका पूर्वअध्यक्षद्वय प्रा डा रामनन्दनप्रसाद चौधरी र डा अशोक महासेठ, समाजका अग्रज डा शङ्करप्रसाद सुडीलगायतले सुडी समुदाय र जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए । समाजका उपाध्यक्ष अनिता निराला र समाजका अगुवा डा वैजनाथ महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोडमा दिए । 

समाजका नवनिर्वाचित अध्यक्ष महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

सुडी समुदायका व्यक्तिहरूबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गरी आपसी सहयोग र समझदारीको विकास गर्ने तथा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र कल्याणका लागि सुडी समाज काठमाडौं २०५८ सालमा स्थापन भएको हो । 
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : २५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण