नाइजेरियामा जिहादी समूहको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा जिहादी समूहको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कानो – नाइजेरियाको उत्तरपूर्वी बोरनो राज्यमा जिहादी समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १४ जना किसानको ज्यान गएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

गोव्जा जिल्लास्थित पुल्का सहर नजिकै शनिबार किसानहरू आगामी बाली सिजनको तयारीमा खेत सफा गरिरहेका बेला आक्रमण गरिएको थियो । गोव्जा जिल्लाका राजनीतिक प्रशासक अब्बा शेहु टिम्ताले उक्त जानकारी दिए ।

उहाँका अनुसार सेनाको साथमा खोज तथा उद्धार टोलीले नजिकैका झाडी क्षेत्रमा थप शवहरूको खोजी गरिरहेको छ । सो क्षेत्र क्यामरुनको सीमासँग सटेको र विगतमा पटक–पटक जिहादी आक्रमणको शिकार बनिसकेको हो ।

“तिनीहरूले आफ्ना खेत सफा गरिरहेका १४ जना किसानको हत्या गरे र अन्य चार जनालाई घाइते बनाएका छन्,” टिम्ताले बताए । उनले यो आक्रमण बोको हराम समूहद्वारा गराइएको आरोप लगाए ।

टिम्ताका अनुसार आक्रमण नजिकैको व्लेइ गाउँबाट सुरु भएको थियो, जहाँ आक्रमणकारीहरूको शिविर रहेको विश्वास गरिएको छ ।

बोको हराम र यसका प्रतिस्पर्धी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले हालका वर्षहरूमा किसान, माछा मार्ने, दाउरा सङ्कलन गर्ने, गोठाला र फलामका टुक्रा सङ्कलन गर्नेहरूलाई लक्ष्य बनाउँदै आएका छन् ।

शुक्रबार, बोरनो राज्यका गभर्नर बबागाना जुलुमले आतङ्कवाद विरुद्धको लडाइँमा केही सैन्य कमजोरी भएको स्वीकार गर्दै चिन्ता व्यक्त गरे ।

गोव्जा क्षेत्रमा बोको हरामले सन् २०१४ देखि नै आक्रमण गर्दै आएको छ । त्यस वर्ष, समूहले उक्त क्षेत्रलाई आफ्नो ‘खिलाफत’ अन्तर्गत घोषणा गर्दै नियन्त्रणमा लिएको थियो । यद्यपि, सन् २०१५ मा नाइजेरियन सेनाले चाडियन सेनाको सहयोगमा सहर पुनः नियन्त्रणमा लिएको थियो ।

तर बोको हरामले अझै पनि मन्डारा पर्वत श्रृङ्खलाबाट आक्रमण जारी राखिरहेको छ । उक्त क्षेत्रमा महिलाहरूलाई अपहरण गर्ने र काठ तथा फलफूल सङ्कलन गर्न गएका व्यक्तिहरूलाई लक्षित गर्ने घटनाहरू भइरहेका छन् ।

सन् २००९ यता, यो जिहादी द्वन्द्वका कारण नाइजेरियाको उत्तरपूर्वमा ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झण्डै २० लाख मानिसहरू विस्थापित भएका छन् ।

यो द्वन्द्व छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनसम्म फैलिएको छ, जसका कारण क्षेत्रीय संयुक्त सुरक्षा बल गठन गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : २७ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन