शिक्षकहरूको आवाजलाई दमन नगर्न महामन्त्री थापाको चेतावनी « Khabarhub

शिक्षकहरूको आवाजलाई दमन नगर्न महामन्त्री थापाको चेतावनी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुको आवाजलाई दमन नगर्न चेतावनी दिएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल मार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन नगरी संवादबाट समस्या सामाधान गर्न सुझाव दिएका हुन् ।

उनले चाँडोभन्दा चाँडो शिक्षकहरुलाई कक्षा कोठा फर्कने वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् । आन्दोलनरत शिक्षकहरुसँग भएको विगतको सहमतिको आधारमा निर्णय गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

उनले लेखेका छन्े, ‘शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं।’

साथै विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक भएको उनले बताएका छन् ।

याे पनि…

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ३७ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल